जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तानमा राष्ट्रिय शोकको घोषणा

एजेन्सी
कात्तिक १८, २०७७

ADVERTISEMENT

अफगानिस्तान सरकारले सोमबार राजधानी काबुलमा भएको आक्रमणमा मृत्यु भएका व्यक्तिको सम्झनामा मङ्गलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

काबुल विश्वविद्यालयमा अफगानी तालिवान समूहले गरेको आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको थियो भने सोही सङ्ख्यामा मानिसहरू घाइते भएका थिए । 

आक्रमणकारीले विश्वविद्यालय परिसरमा विष्फोटक पदार्थ प्रयोग गरी हमला गरेका थिए ।

राष्ट्रपतिको कार्यालयका अनुसार मङ्गलबार देशभरका मस्जिदमा हमलामा ज्यान गुमाउनेको सम्झनामा प्रार्थना गरिने र अफगानिस्तान र विदेशस्थित अफगानी नियोग तथा कार्यालयहरूमा राष्ट्रिय झण्डालाई आधा झुकाइने छ ।

राष्ट्रपति मोहम्मद असरफ घानीले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि