मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट ज्यान गुमाउनेको संंख्या १२ लाख नाघ्यो, कति छन् सक्रिय संक्रमित ?

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको कारण विश्वभर ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । ४ करोड ६३ लाखमा कोरोना पुष्टि भएकोमा १२ लाख १ सय ९३ जनाको ज्यान गएको हो । ३ करोड ३४ लाख भने निको भइसकेका छन् ।

अहिले १ करोड १६ लाख ९० हजार सक्रिय सङ्क्रमित रहेकाछन् । एक प्रतिशत अर्थात ८४ हजारको अवस्था जटिल रहेको छ ।

 बाँकी १ करोड १६ लाखको अवस्था सामान्य रहेको वल्ड्रोमिटरले जनाएको छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ९४ लाख २ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । जहाँ हुँदा ६० लाख ६२ हजार निको भएका छन् ।

२ लाख ३६ हजारको भने ज्यान गएको छ । यस्तै भारतमा ८१ लाख ८२ हजारमा कोरोना पुष्टि हुँदा ७४ लाख ८९ हजार निको भएका छन् ।

१ लाख २२ हजारको भने ज्यान गएको छ । ५५ लाख ३५ हजारमा सङ्क्रमण पुष्टि भएको ब्राजिलमा ४९ लाख ७२ हजार निको भएका छन् । १ लाख ५९ हजारको ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि