अफगानिस्तानमा एक शिक्षण संस्थामा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार यो घटना उच्च शिक्षाका कोर्सहरु सञ्चालन गर्ने एउटा निजी शिक्षण संस्था बाहिर भएको थियो ।
कैयौं घाइतेहरुलाई अस्पताल लगिएको छ। कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान । इस्लामिक स्टेट समूहले सोसल मिडियामार्फत हमलाको जिम्मेवारी लिएको छ । तालिबानले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
एक स्थानीयका अनुसार मृत्यु हुने अधिकांश भवनभित्र प्रवेश गर्न लागेका विद्यार्थीहरु छन् ।