काबुल । सुरक्षाकर्मीको कारबाहीमा परी अफगानिस्तानमा १२ तालिवान विद्रोही मारिएका छन् ।
मारिएका मध्ये ६ जना पाकिस्तानी नागरिक समेत रहेको सरकारी सुरक्षा अधिकारीहरूले दाबी गरेका छन् । घटनामा परी अरु सात जना घाइते भएका छन् ।
देशको पूर्वी क्षेत्रमा रहेको नान्गारहार प्रान्त अन्तर्गत पर्ने खोग्यानी जिल्लाको डान्डो भन्ने ठाउँमा घटना भएको प्रान्तीय गभर्नरको कार्यालयका अधिकारीहरूले शुक्रबार जनाएका छन् ।
घटनास्थलबाट सुरक्षाकर्मीहरुले अन्य केही हतियारहरू समेत बरामद गरिएको जानकारी दिएका छन् । घटनामा परी अन्य सर्वसाधारण र सरकारी सुरक्षाकर्मी तर्फ भने कुनै क्षति नभएको पनि सरकारी सुरक्षा अधिकारीहरूकाे दाबी छ ।