जेठ ०५, २०८१, शनिबार
               

रअका प्रमुख एक्कासि नेपालमा, नेपाल-ओली नजिक हुनु संयोग कि...

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

काठमाडौ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल केही घन्टाका  लागि नेपाल आएका छन् । विमान लिएर आएका उनी बुधबारै भारत फर्किने कार्यतालिका रहेको बुझिएको छ ।

नोभेम्बर पहिलो साता भारतीय सेना प्रमुख एमएम नरबाणेको भ्रमणको पूर्वसन्ध्यामा उनी नेपाल आएका हुन् । यद्यपि उनको प्रयोजनबारे केही खुल्न भने सकेको छैन । भ्रमणका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले केही बताएका छैनन् । यसका अलवा उनको भ्रमण औपचारिक वा अनौपचारिक के हो भनी खुल्न सकेको छैन ।

नेपालको राजनीतिमा भारतको उपस्थित हुन्छ भन्ने आरोप लाग्दै आएको छ । यही आरोपका कारण पनि उनको यो भ्रमणलाई नेपाली राजनीतिमा निकै महत्वका साथ हेरिएको छ ।

पछिल्लो समय नेपाल चीनतिर लहसियो भन्ने भारतकै भनाइ आइरहेका बेला रअका प्रमखले सुटुक्क नेपाल भ्रमण गर्नु र सत्तारुढ दलमा कर्णाली विद्रोहका कारण नेकपाका अध्यक्षद्वय बीच केही तिक्तता र पूर्वएमाले धारका वरिष्ठ नेतासँग प्रधानमन्त्रीको चोचोमोचो मिलेको भनी बाहिर हल्ला चलिरहेका बेला उनको भ्रमणले अझ महत्व बढाएको छ ।


कस्तो लाग्यो ?

यो पनि