जेठ ०७, २०८१, सोमबार
               

भियतनाममा बाढीका कारण ५ लाख चौपायासहित ९० जनाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

हप्तायता भियतनाममा जारी बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरूले जनाएका छन् ।

ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरूले बताएका हुन् ।  

साथै ती अधिकारीहरूका अनुसार उक्त बाढी र पहिरोमा परी अरू कम्तीमा पनि ३४ जना व्यक्ति हराइरहेका छन् । बाढीमा परेर सैनिक ब्यारेक समेत बगाएको बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिक बेपत्ता भएका छन् ।

उद्धारकर्मीहरूले हराएका ती सैनिक र अरू स्थानीयहरूको खोजी कार्य जारी नै रहेको बताएका छन् । उनीहरूको खोजी कार्य अहिले पनि जारी रहेको सोमबार बताइएको छ । भियतनामको मध्य क्षेत्रका कतिपय राज्यहरूमा नै असर परेको छ । जसका कारण कम्तीमा पनि ३७ हजार घरमा क्षति पुगेको छ भने १ लाखभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

भियतनाममा यही अक्टोबर ६ देखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा स्थानीय नागरिकका पाँच लाखभन्दा बढी चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ ।


कस्तो लाग्यो ?

यो पनि