बैशाख २१, २०८१, शुक्रबार
               

पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए

एजेन्सी
असोज ३०, २०७७

ADVERTISEMENT

पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । 

स्थानीय समय अनुसार बिहीबार मध्यराति (१२ बजे) उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।  

ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा सो घटना भएको हो । 

ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको थियो । तर उनीहरु भने सुरक्षित रहेको बताइएको छ ।  

सैनिकहरु चढेको दुई ओटा सवारी साधन विद्युतीय धरापमा परेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

विस्फोटपछि सवारी साधन समेत जलेर नष्ट भएको छ । 

घटनाको बारेमा थाहा पाउनासाथ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुःख व्यक्त गर्दै मृतकका परिवारजन, इष्टमित्रप्रति सहानुभूति व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि