जेठ ०६, २०८१, आइतबार
               

अत्यधिक वर्षाका कारण भारत‍मा १२ जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

भारतको तेलंगाना राज्यमा अत्यधिक वर्षापछिका घटनामा परी थप कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

राज्यका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । 

चन्द्रयाँगुत्ता प्रहरी कार्यालयको दुई ओटा पर्खाल भत्किएर भएको दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।  

त्यसैगरी एक जना ४० बर्षीया महिला र उनकी छोरीको इब्राहिमपत्नाममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको आफ्नै घरको छतले च्यापिएर मृत्यु भएको हो ।  

प्रहरी अधिकारीहरुले प्रदेशका धेरै ठाउँमा घर तथा पर्खाल भत्किने, बाढी पहिरो जाने लगायतका घटनाहरू भएको जनाएका छन् । ती घटनाहरूमा परी अरू धेरै मानिस घाइते भएको विवरणहरू प्राप्त भइरहेको पनि प्रहरी अधिकारीहरुले बताएका छन् ।

घटनामा परेकाहरूको उद्धार तथा सहयोगका लागि हैदरावाद लोक सभाका सदस्य असादुद्दीन ओवैसीले अनुगमन गरिरहेकाे जनाइएको छ । प्रहरी र उद्धारकर्ताहरुले बाढी, पहिरोलगायतका घटनाका कारण प्रभावित र विस्थापितहरूलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेका छन् । 

प्रदेशभरीमा औसतमा ९८.९ मिलिमिटर पानी परेको मौसम विज्ञान विभागका अधिकारीले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि