जेठ ०६, २०८१, आइतबार
               

कोरोनाभाइरसको संक्रमण एउटै मान्छेमा दोहोरिन थालेपछि डाक्टरहरु चिन्तित

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

अमेरिका । अमेरिकामा एक व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिएको छ । दोस्रोपटक देखिएको संक्रमणसंगै चिकित्सकहरुसमेत डराएका छन् ।

वासिङटन डिसीका २५ वर्षीय एक पुरुषमा अचानक फेरि संक्रमण दोहोरिएको बताइएको छ  । बिबिसीमा प्रकाशित समाचारअनुसार ती व्यक्तिको दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।

सामान्यत: कोरोनाभाइरस सङ्क्रमण नदोहोरिने विश्वास गरिन्छ । तर, केही अनुसन्धानले के देखाउँछन् भने अति थोरै बिरामीमा संक्रमण दोहोरिन पनि सक्छ । 

संक्रमित उनीबाट सङ्कलित फरक–फरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखिएको बताइएको छ । वैज्ञानिकहरुले पहिले संक्रमण भएको मान्छेलाई फेरि हुनसक्ने सम्भावित संक्रमणबाट जोगाउन सक्ने सम्भावना नहुने बताएका छन् ।

एकचोटि कोभिड-१९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्ने सुझाब विज्ञहरुले दिने गरेको बिबिसले जनाएको छ । यस्तै, कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिन थालेपछि वैज्ञानिकहरुले यसलाई चिन्ताजनक भनेका छन् ।


कस्तो लाग्यो ?

यो पनि