जेठ ०६, २०८१, आइतबार
               

चीनमा पाँच दिनमा पूरै सहरका ९० लाख मानिसलाई कोरोना परीक्षण गरिँदै

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

बेइजिङ । चीनले पाँच दिनमा सिंगो सहरका बासिन्दाको कोरोना परीक्षण गर्ने भएको छ । क्विङदाओ सहरमा एकै पटकमा ९० लाख जनसंख्याको परीक्षण गर्न लागिएको हो । सहरमा कोरोनाका केही नयाँ संक्रमित भेटिएपछि व्यापक परीक्षणको योजना बनाइएको हो । विदेशबाट आई स्थानीय अस्पतालमा उपचाररत केही व्यक्तिमा संक्रमण देखिएको थियो ।

सहरमा नयाँ ६ वटा र लक्षणरहित ६ वटा केस फेला परेका छन्। ती सबै एकै अस्पतालसँग सम्बन्धित छन्। संक्रमण फैलन नदिन मास–टेस्टिङमा जाने निर्णय गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

क्विङदाओका स्वास्थ्य आयुक्तलाई उधृत गर्दै ग्लोबल टाइम्सले जनाएअनुसार पाँचवटा क्लस्टर छुट्याएर सहरका सबै बासिन्दाको परीक्षण गर्ने तयारी भइरहेको छ । अस्पतालका कर्मचारी र बिरामी गरी १ लाख १८ हजार ८६२ जनाको अगावै परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समाचारमा जनाइएको छ ।

पाँच महिनाअघि वुहानमा पनि यसरी नै १ करोड १० लाख मानिसको एकसाथ परीक्षण गरिएको थियो । उक्त परीक्षण सम्पन्न गर्न दस दिनको समय लागेको थियो । चीनमा हाल ८५ हजार ५७८ सक्रिय संक्रमित छन् भने अहिलेसम्म ४ हजार ६३४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना नियन्त्रणमा तुलनात्मक सफलता प्राप्त गर्ने देशमध्ये चीन पनि पर्छ ।
 


कस्तो लाग्यो ?

यो पनि