जेठ ०५, २०८१, शनिबार
               

अमेरिकामा भएको दुईपक्षीय झडपमा गाेली चल्दा एकजनाकाे मृत्यु

नेपाल फ्ल्यास
असोज २५, २०७७

ADVERTISEMENT

अमेरिकाको डेनवरमा दुई विपरीत समूहका प्रदर्शनकारीबिच भएको झडपको क्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ । दक्षिण पन्थी र वामपन्थी समूहले भिन्दाभिन्दै प्रदर्शन गरेका थिए ।

दुई समूहमा रहेका प्रदर्शनकारी आमनेसामने भएपछि झडप भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । झडपको क्रममा गोली चल्दा राष्ट्रवादी र्‍यालीका सहभागी दक्षिण पन्थी समूहका व्यक्तिको मृत्यु भएको खबर छ ।

गोली प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । उनी निजी सुरक्षागार्ड रहेको र ती व्यक्ति कुनै पनि प्रदर्शनका सहभागी नरहेको प्रहरीले बताएको छ ।

प्रहरीले आफ्ना कर्मचारीको सुरक्षाका लागि नियुक्त गरेका व्यक्ति नै गोली प्रहार गरेको अभियोगमा पक्राउ परेको स्थानीय टेलिभिजनले दाबी गरेको छ । तर प्रहरीले त्यसको पुष्टि गरेको छैन ।

स्थानीय समयअनुसार शनिबार दिउँसो साढे ३ बजे भएको घटनास्थलबाट दुई बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि