जेठ ०७, २०८१, सोमबार
               

अमेरिकाको चुनावी बहसमा कमला : राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन इतिहासमा सबैभन्दा असफल

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

अमेरिकाका उपराष्ट्रपति माइक पेन्स र डेमोक्र्याटिक पार्टीका तर्फबाट उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसबीच टेलिभिजन बहसमा कोरोना भाइरसको महामारीलाई लिएर आक्रामक तर्क–वितर्क सुरु भएको छ ।

बिहीबार बिहान भएको उपराष्ट्रपति उम्मेदवारबीचको टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी र त्यसको नियन्त्रणका लागि भएको प्रयास, कर तथा जलवायु परिवर्तनसहितका मुद्दा केन्द्रित भयो ।

ह्यारिसले अमेरिकाको इतिहासमा सबैभन्दा असफल राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन रहेको आरोप लगाइन् । माइक पेन्सले डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेनको महामारी नियन्त्रण योजना अहिले आफूहरुले लागू गरेको योजनाकै ‘चोरी’ रहेको आरोप लगाए ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा चुनाव हुँदैछ । पछिल्ला मत सर्वेक्षणहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा जो बाइडेन दोहोरो अंकले अघि रहेका छन् ।

सल्ट लेक सिटीमा रहेको युनिभर्सिटी अफ युटमा भएको ९० मिनेटको टेलिभिजन बहसमा चुनाव पूर्व वितरण हुने खोप ‘तपाईँ लगाउनुहुन्छ कि हुँदैन?’ भनेर ह्यारिसलाई सोधिएको थियो ।

५५ वर्षकी क्यालिफोर्निया सिनेटर ह्यारिसले स्वास्थ्य विज्ञको स्वीकृति बिना ट्रम्पले भनेको वा सुझाएको खोप आफूले नलाउने जवाफ दिइन् । ट्रम्पका बफादार पेन्सले सर्वसाधारणको जीवनमाथि राजनीति गरेको आरोप ह्यारिसलाई लगाए ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु लागू गरि भएको बहसका दुई उम्मेदवारको बीचमा सिसाको बार लगाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि