जेठ ०६, २०८१, आइतबार
               

राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसद्वारा अफगानिस्तानमा भएको कारबम हमलाको निन्दा

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको नानगाहार प्रान्तको सरकारी कार्यालय परिसर भएको कार बम हमलाको निन्दा गरेका छन् । 

गएको शनिबार अपराह्न तालिवानी आत्मघाती लडाकुले गरेको सो कारबम हमलाको उनले निन्दा गरेका हुन् । 

कारबम आक्रमणमा परी कम्तीमा १५ जनाको ज्यान गएको छ । त्यसैगरी, करिब ४२ जना नराम्ररी घाइते भएका थिए । अपरान्ह कार्यालय समयमा सेवा लिन गएका सर्वसाधाराण नागरिकहरुको भीडभाडको समयमा सो बम हमला भएको थियो।

जसका कारण सरकारी काम लिन कार्यालय गएका सर्वसाधारण घाइते हुनका साथै र ज्यान गएको थियो ।

यो पनि