जेठ ०४, २०८१, शुक्रबार
               

अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्यमा सुधार, आजै डिस्चार्ज हुने सम्भावना

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको विभिन्न समाचार माध्यममा जनाइएको छ ।

उनको स्वास्थ्य अवस्थामा सुधार आकाले अस्पतालबाट आजै डिस्चार्ज हुने सम्भावना रहेको उनको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन् । 

राष्ट्रपति ट्रम्पको उपचारमा खटिएका डा. सिन कोन्लेले कोरोना पुष्टि भएपछि उनलाई अक्सिजन लेभल २ पटकसम्म घटेको उल्लेख गर्दै डेक्सामेथासोन नामक स्टेरोइड दिइएको बताएका छन् । 

७४ वर्षीय राष्ट्रपति ट्रम्पलाई मोटोपनका कारण कोभिडको उच्च खतरा रहेको बताइएको थियो । तर, शुक्रबार उनलाई मिश्रित औषधियुक्त इन्जेक्सन दिइएको थियो भने ५ दिनको एन्टीभाइरल औषधि रेमडेसिभिर चलाइएको थियो ।

यो पनि