जेठ ०६, २०८१, आइतबार
               

अस्पतालबाट ट्रम्पको भिडियो सन्देश

एजेन्सी
असोज १८, २०७७

ADVERTISEMENT

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्पतालबाट भिडियो सन्देश जारी गर्दा आफु छिट्टै निको भएर काममा फर्किने बताएका छन् ।

आफू भर्ना भएको वाल्टर रिड मेडिकल सेन्टरबाट झण्डै ४ मिनेटको भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले आफू निको हुन थालेको बताएका हुन् ।

ट्रम्पको स्वास्थ्य अवस्थाबारे ह्वाइट हाउसबाटै अलगअलग प्रतिक्रियाहरु आइरहेको बेला ट्रम्पले आफुलाई निको हुँदै गएको महशुस भएको जनाएका छन् । 

अस्पताल आउने बेलामा बिसञ्चो भए पनि अहिले धेरै सुधार भएको उनले बताएका छन् । उनले वास्तविक परीक्षा अबको केही दिनमा हुने पनि बताएका छन् ।

यसअघि ह्वाइटहाउसका चिकित्सक सिन कोन्लेले ट्रम्पको स्थितिमा सुधार आएको बताएका थिए । तर, चिफ अफ स्टाफ मार्क मेडोजले भने अझै पनि चिन्ता गर्नुपर्ने अवस्था रहेको बताएका थिए ।

चिकित्सकले ट्रम्पले थकित अनुभव गरेको बताए पनि उच्च आत्मबल रहेको बताएका छन् । ट्रम्पलाई जिंक, भिटामिन डी, फेमोटिडिन, निद्रा लाग्ने मेलाटोनिन र दैनिक एस्पीरिनको औषधी दिइएको छ ।

तीन दिनअघि कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति ट्रम्पलाई शुक्रबारबाट ज्वरो आएपछि सैनिक अस्पताल वाल्टर रिडमा भर्ना गरिएको छ ।

अमेरिकामा राष्ट्रपति चुनाव आउनु एक महिना अघि रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार ट्रम्पलाई कोरोना संक्रमण देखिएको हो । ट्रम्पलाई कोरोना लागेपछि राष्ट्रपति निर्वाचनबारे अनेक अड्कलबाजी हुन थालेका छन् ।

केही दिन अघि राष्ट्रपतिका प्रत्यासी ट्रम्प र डेमोक्रयाट पार्टीका उम्मेदवार जो बायडेनबीच भएको पहिलो प्रेसिडेन्टियल डिबेटमा ट्रम्पले कोरोनालाई लिएर बायडनको मजाक उडाएका थिए ।

ट्रम्पले कोरोनाबाट वच्न मास्क लगाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने नियमको धज्जी उडाउँदै आएका छन् ।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि जो बायडनको पनि परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आएको छ । बायडनले सबै अमेरिकीलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आग्रह गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि