मंसिर ०७, २०८१, शुक्रबार
               

प्रतिद्वन्दी बाइडेन, कमला र किमद्धारा ट्रम्पको स्वास्थ्य लाभको कामना

एजेन्सी
असोज १७, २०७७

ADVERTISEMENT

कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका प्रतिश्पर्धी जोए बाइडेनले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

उनले ट्रम्प पत्नी मेलानिया ट्रम्पसमेत सङ्क्रमित भएकोमा दुवै जनाको सिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

७४ वर्षीय राष्ट्रपति डोनाल्ड ट्रम्प र ५० वर्षीया उनकी पत्नी मेलानियालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

बाइडेनले सामाजिक सञ्जालमा लेखेका छन्, “ट्रम्प दम्पत्तिको सिघ्र स्वास्थ्य लाभका लागि हामीले निरन्तर प्रार्थना गरिरने छौँ ।”

त्यसैगरी पूर्व राष्ट्रपति बाराक ओबामाले पनि ट्रम्प दम्पत्तिको स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्प दम्पत्तिसँगै कोरोना भाइरसबाट सङ्क्रमित सवैको ओबामाले स्वास्थ्य लाभको कामना गरेका छन् ।

अमेरिकामा अहिले ७३ लाख ३२ हजार १९ जना सङ्क्रमित भएका छन् भने दुई लाख आठ हजार ६९३ जनाको मृत्यु भएको छ । यो दुवै तथ्यांक देश अनुसार हेर्दा विश्वभरी कै सबैभन्दा धेरै हो । 

त्यसैगरी पूर्व राष्ट्रपति विल क्लिन्टन, ट्रम्पसँगै राष्ट्रपतिमा यसअघि प्रतिश्पर्धा गरेकी हिलारी क्लिन्टन, अहिले डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी कमला हारिसलगायतले पनि ट्रम्पको स्वास्थ्य लाभको कामना गनुभएको छ । 

स्वदेशी नेता बाहेक अन्य देशका पनि दर्जनौ नेताहरुले उनलाई सिघ्र स्वास्थ्य लाभको सन्देश पठाएका छन् । 

उनीहरु मध्ये उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले शनिबार पढाएको सन्देशलाई महत्वका साथ हेरिएको छ । 

“उहाँहरुलाई जतिसक्दो चाडो स्वास्थ्य लाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु,” किमले सम्प्रेषण गरेको सन्देशमा उल्लेख छ । 

लामो समयदेखि एक अर्कालाई मुख्य दुश्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शिर्ष नेताद्धय ट्रम्प र किमबीच पटक पटक शिखर वार्ता भएका थिए । त्यसैले पनि उनीहरुले एक अर्काप्रति विषेश निकटता प्रदर्शन गर्ने गरेका छन् । 

यसअघि किम अस्वस्थ भएको खवर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । 

राष्ट्रपति ट्रम्प दम्पत्तिलाई वाल्टर रिड नेस्नल सैनिक अस्पताल भर्ना गरिएको छ । ट्रम्पलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि