मंसिर ०७, २०८१, शुक्रबार
               

महामारीका कारण पेरूको स्वास्थ्य प्रणाली सङ्कटमा

एजेन्सी
असोज १३, २०७७

ADVERTISEMENT

स्वास्थ्य मन्त्री पिलार मज्जेतीले कोरोना भाइरस विश्वव्यापी महामारीका कारण पेरुको स्वास्थ्य प्रणाली जोखिममा परेको बताए ।  पहिलो लहरको कोरोना भाइरस सङ्क्रमण केही साम्य हुने क्रममा  भए पनि अक्टोबरमा १ देखि पेरूमा सामाजिक तथा आर्थिक गतिविधिहरू सुरु  भई दोस्रो प्रकोपको जोखिम बढ्ने उनको भनाइ थियो । 

‘यदि हामीले यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकेनौँ भने दोस्रो लहरको महामारी बढ्ने जोखिम हुनेछ जसले पेरूको स्वास्थ्य सेवा प्रणालीमा नै व्यापक असर पर्नेछ ।’ 

स्वास्थ्यसँग सम्वद्ध सबै निकायको सहकार्यका कारण कैयौ नियन्त्रणका उपाय सफल भएको र उच्च रक्तचाप, मधुमेह तथा मृगौलासम्बन्धी समस्याजस्तै दीर्घकालीन रोगका लागि समस्या नआएको तर सचेतना र सतर्कता नभएमा स्वास्थ्य प्रणाली प्रभावित हुने उनको भनाइ थियो ।

सोमबारसम्ममा पेरूमा सङ्क्रमितको सङ्ख्या आठ लाख आठ हजार ७१४ पुगेको छ भने ३२ हजार ३२४ सङ्क्रमितको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि