जेठ ०४, २०८१, शुक्रबार
               

इजरायलमा एकैदिन पाँच गुणाले बढे संक्रमित

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

काठमाडाैं । इजरायलमा एकै दिन संक्रमित पाँच गुणाले बढेका छन् । बुधबार मात्रै इजरायलमा ११ हजार ३ सय १६ जना संक्रमित थपिएका छन् ।

यसअघि, १५ सय, २ हजारको हाराहारीमा थपिए पनि बुधबार एकैदिन ह्वात्तै यसरी संक्रमित थपिएका हुन् । त्यसैगरी बुधबारै ४० जना संक्रमितको मृत्यु भएको छ ।

यो संगै इजरायलमा हालसम्म संक्रमितको संख्या २ लाख ४ हजार ९० जना पुगेको छ । त्यहाँ झण्डै डेढ लाख निको भइसकेका छन् । 

संक्रमित बढ्न थालेपछि त्यहाँको सरकारले पुन: देशमा लकडाउन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि