जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमित भारतीय रेल राज्यमन्त्रीको मृत्यु

एजेन्सी
असोज ०८, २०७७

ADVERTISEMENT

भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

६५ वर्षीय मन्त्री अङ्गडीको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । 

सेप्टेम्बर ११ मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी एम्स अस्पताल भर्ना भएका थिए । 

कोरोना संक्रमणका कारण उनको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । 

रेल राज्यमन्त्री अङ्गडीको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्विटरमार्फत समवदेना व्यक्त गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि