जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा एकैदिन थपिए ८७ हजार संक्रमित

नेपाल फ्ल्यास
असोज ०५, २०७७

ADVERTISEMENT

भारतमा कोरोनाभाइरसबाट एक दिनमा ८६ हजार ९६१ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१  पुगेको छ । 

 केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १३० जनाको मृत्यु भएको जनाएको छ । यसैसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या ८७ हजार ८८२ पुगेको छ । 

भारतमा कुल संक्रमितमध्ये अहिले पनि दश लाख ३ हजार २९९ जना संक्रमित अवस्थामै रहेका छन् । कु संक्रमित मध्ये ४३ लाख ९६ हजार ३९९ जना भने संक्रमणमुक्त भइसकेका छन् । 

प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि  दुई लाख ९८ हजार ५८३ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख एक हजार १४८ जना संक्रमितहरू छन् ।त्यसैगरी आन्ध्र प्रदेशमा ८१ हजार ७६३

जना,संक्रमितहरू रहेका अधिकारीहरूले जनाएका छन् । भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड  ४३ लाख ९२ हजार ५३४ जनाको कोरोना परीक्षण गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि