जेठ ०४, २०८१, शुक्रबार
               

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना

नेपाल फ्ल्यास
असोज ०१, २०७७

ADVERTISEMENT

भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ । 

उgले आफू कोरोनाभाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिए । 

उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरूलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र  सतर्कता अपनाउन पनि आह्वान गरेका छन् । 

“मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोनाभाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,” उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

उनले थपे, “भगवानको कृपा र तपाईहरू सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।” 


कस्तो लाग्यो ?

यो पनि