जेठ ०४, २०८१, शुक्रबार
               

इन्डोनेसियामा मास्क नलगाउनेहरूलाई कोरोना भाइरसबाट मरेकाहरूको चिहान खन्न लगाइयो

एजेन्सी
भदौ ३०, २०७७

ADVERTISEMENT

एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभामा मास्क नलगाउनेहरूलाई कोरोना भाइरसबाट मरेकाहरूको चिहान खन्न लगाइएको छ ।

इन्डोनेसियाको ग्रेसिक भन्ने ठाउँमा मास्क लगाउन नमान्ने आठजनालाई न्गाबेतान गाउँमा रहेको सार्वजनिक कब्रिस्तानमा चिहान खन्न लगाइएको डेली मेलले उल्लेख गरेको छ ।

सजाय पाएकाहरू कोरोना भाइरसबाट मृत्यु भएकाको अन्तिम संस्कारमा सहभागी नभए पनि दुइजनालाई भने कोरोना भाइरसबाट मरेकाहरूको चिहान खन्न लगाइएको छ ।

सेर्मे जिल्ला प्रमुख सुयोनोले भनेका छन् ‘ त्यहा तीनजना मात्रै चिहान खन्ने मानिसहरू भएकाले मास्क लगाउन नमान्नेहरूलाइ यो काम गर्न लगाएको हुँ।’ उनले भनेका छन्, ‘ आशा छ, मास्क लगाउन नमान्नेहरूलाइ यसले राम्रै सबक सिकाएको हुनुपर्छ ।’

कोरोना भाइरसका संक्रमितहरू सेर्मेमा दिनदिनै बढिरहेकाले गाउँलेहरू सुरक्षाका कडा उपायहरू अपनाइरहेका छन् । यस्तै त्यहा जारी गरिएको नयाँ नियम उल्लंघन गर्नेहरूलाइ जरिवाना तिर्न वा सामुदायिक सेवा गर्ने सजाय तोकिएको छ ।

हिजो मात्रै इन्डोनेसियामा कोरोना भाइरसबाट ३ हजार ६ सय ३६ जना संक्रमित भएका छन् । योसँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या २ लाख १८ हजार ३ सय ८२ पुगेको छ ।

कोरोनाको महामारी शुरू भएदेखि जकार्ताका दुई कब्रिस्तानमा २६ सयजनालाई गाडिएको नादी बिन एजीले बताएका छन् । बिहान सात बजेदेखि मध्यरातसम्म चिहान खनेर बसेको र छिमेकीहरू आफूबाट कोरोना सर्ने हो कि भनी डराइरहेको उनले बताए ।

उनले भनेका छन्, ‘ म बिहान सात बजेदेखि मध्यरातसम्म चिहान खनेर बसेकोले छिमेकीहरू मबाट निकै डराएका छन् । उनीहरूले मैले कोरोना सार्छु भनेर डराइरहेका छन् ।’


कस्तो लाग्यो ?

यो पनि