बैशाख २४, २०८१, सोमबार
               

भारतमा एकैदिन थपिए ९६ हजार ५०० भन्दा बढी संक्रमित

एजेन्सी
भदौ २६, २०७७

ADVERTISEMENT

भारतमा कोराना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी संक्रमित भएको विवरण सार्वजनिक गरिएको छ । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ ।  

कुल संक्रमित मध्ये नौ लाख ४३ हजार ४८० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६६४ जना संक्रमणमुक्त भइसकेका छन् ।  

भारतमा अहिलेसम्म कोरोना भाइरसकै कारण मृत्यु भएकाहरुको संख्या ७६ हजार २७१ पुगेको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

भारतका प्रदेशहरु मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सय सक्रिय संक्रमित रहेका छन् ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल ६ लाख ८६ हजार ४६२ जना संक्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २७१ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६०७ जना संक्रमित भएका छन् भने चार हजार ६३४ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि