बैशाख २०, २०८१, बिहीबार
               

कोरोनाबाट ज्यान गुमाउने ९ लाख नाघे

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ ।

२४ घण्टामा ४ हजार २०७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ९ लाख ८ सय ७६ पुगेको हो । बितेको २४ घण्टामा २ लाख ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएसँगै विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख २२ हजारभन्दा धेरै भएको छ ।


संक्रमितमध्ये १ करोड ९८ लाख ८ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् । भारतमा मात्रै  गएको २४ घण्टामा  ८९ हजार आठ सय ५२ जना नयाँ संक्रमित थपिएका थिए । त्यस्तै, १ हजार १०७ जनाको ज्यान गएको वल्डोमिटर्सले जनाएको छ ।

अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र ज्यान जानेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखि उच्च संख्यामा बिरामी थपिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि