बैशाख २१, २०८१, शुक्रबार
               

अक्सफोर्डले यसकारण रोक्यो आशलाग्दो भ्याक्सिनको परीक्षण

नेपाल फ्ल्यास
भदौ २४, २०७७

ADVERTISEMENT

कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाइरहेको बेलायतस्थित एस्ट्राजेनेका कम्पनीले भ्याक्सिनको ट्रायल रोकेको छ । 

अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर उक्त कम्पनीले कोरोनाको भ्याक्सिन बनाइरहेको छ ।

परीक्षण खाेप लगाएका एक जना बिरामी परेपछि अक्सफोर्ड विश्वविद्यालय, जारी परीक्षण रोक्न बाध्य भएको हो । उक्त भ्याक्सिनको अन्तिम चरणको परीक्षण चलिरहेको छ ।

परीक्षण खोप लगाएका एक जना बिरामी परेपछि खोप निर्माणमा ठूलो धक्का पुगेको छ । 

अहिले यो खोपको तेस्रो चरणको परीक्षण विश्वका दर्जनौं ठाउँमा भइरहेको छ । 

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप नै सबैभन्दा पहिले बजारमा आउने अपेक्षा छ ।

अब एउटा स्वतन्त्र अनुसन्धान गरी खोपको सुरक्षा र प्रभावकारिताबारे समीक्षा गरिनेछ र त्यसपछि मात्र नियामक निकायले फेरि परीक्षण थाल्ने वा नथाल्ने निर्णय दिनेछ । 

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ठूलो मात्राको परीक्षण भइरहका बेला एक सहभागी बिरामी परेको घटनाले शंका उत्पन्न गराएको उल्लेख गर्दै यसको वास्तविकता पत्ता लगाउन स्वतन्त्र ढंगले पुनःपरीक्षणको आवश्यकता देखिएको बताएका छन् ।

परीक्षण खोप लिँदा बिरामी परेका व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ तर उसको रोग पत्ता लागिसकेको छैन । 

यसैकारण तत्काललाई परीक्षण रोकिएको र केही दिनमा परीक्षण पुनः सुरु हुने विश्वास गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि