बैशाख २०, २०८१, बिहीबार
               

कोरोना कहर : भारतले ब्राजिललाई पनि उछिन्यो

एजेन्सी
भदौ २२, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोडि-१९) संक्रमणमा भारतले ब्राजिललाई पनि उछिनेको छ । कोरोना संक्रमित धेरै हुने देशको सूचीमा अब भारत विश्वकै दोस्रो नम्बरमा उक्लिएको छ । पहिलो नम्बरमा अमेरिका छ ।

भारतमा पछिल्लो केही दिनयता दैनिक ८० हजारभन्दा बढी कोरोना संक्रमित थपिने गरेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ९० हजार ६३२ जना कोरोना संक्रमित थपिएका छन् ।

दैनिक संक्रमणको हिसाबमा (भारतमा) यो अहिलेसम्मकै बढी संख्या हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८११ पुगेको छ ।

कोरोना संक्रमणसँगै भारतमा मृत्युदर पनि उच्च छ । पछिल्लो २४ घण्टामा भारतमा एक हजार ६५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा ७० हजार ६२६ कोरोना संक्रमितको ज्यान गइसकेको छ ।

मृतकको संख्याको अधारमा भने भारत (विश्वमा) तेस्रो स्थानमा छ । पहिलो र दोस्रो स्थानमा क्रमशः अमेरिका र ब्राजिल छन् ।

करिब एकअर्ब ३८ करोड जनसंख्या भएको भारतमा दैनिक १० लाखको हाराहारीमा कोरोना परीक्षण हुने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि