बैशाख २०, २०८१, बिहीबार
               

ब्राजिललाई उछिन्दै कोरोना संक्रमितको सूचीको दोस्रो स्थानमा भारत

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण भारतमा फैलिँदै गएको छ । संक्रमणको आधारमा भारत दोस्रो स्थानमा आइपुगेको छ ।

हिजो शनिबारसम्म सूचीको तेस्रो स्थानमा रहेको भारतले आज ब्राजिललाई उछिनेको हो । भारतमा कुल संक्रमण ४१ लाख ३१ हजार ६९० जना पुगेको छ भने ब्राजिलमा ४१ लाख २३ हजार जना संक्रमित छन् ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा ६४ लाख ३२ हजार २०९ जना संक्रमित पुगेका छन् ।

मृत्युतर्फ भारत तेस्रो स्थानमा रहेको छ । हालसम्म भारतमा ७० हजार ८०२ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कोरोनाबाट एक लाख ९२ हजार ८६४ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा रहेको ब्राजिलको एक लाख २६ हजार २३० जनाको मृत्यु भइसकेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि