बैशाख २१, २०८१, शुक्रबार
               

एजिङ नेपाल अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०बाट सम्मानित

नेपाल फ्ल्यास
भदौ २१, २०७७

ADVERTISEMENT

ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत नेपाली गैरसकारी संस्था एजिङ नेपाल संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोले प्रदान गर्ने विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ बाट सम्मानित भएको छ । 

एजिङ नेपालले सञ्चालन गर्दै आएको ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ विश्वका प्रतिस्पर्धीमध्ये सर्वोत्कृष्ट भई सो पुरस्कार प्राप्त गरेको हो । 

नेपाली संस्थालाई  विश्व शिक्षा दिवस( सेप्टेम्बर ८ )को अवसर पारेर सो पुरस्कार प्रदान गरेको हो ।

हरेक वर्ष युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार यही दिन प्रदान गर्ने सो पुरस्कारको राशी  २० हजार अमेरिकी डलर छ । सो पुरस्कारबाट सम्मानित भएको नेपाली गैरसरकारी सस्था  ज्येष्ठ नागरिकको सवलीकरण, हक, हित र सेवामा सक्रिय छ । 

यसअघि पुरस्कार वितरण कार्यक्रम फ्रान्स स्थित युनेस्कोको मुख्य कार्यालयमा हुँदै आएकोमा कोभिड–१९ को महामारीका कारण यस पटक भने भर्चुअल कार्यक्रम मार्फत् पुरस्कार विश्व साक्षरता दिवसका दिन प्रदान गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि