बैशाख २०, २०८१, बिहीबार
               

रेकर्ड : भारतमा थपिए ९० हजारभन्दा बढी संक्रमित

एजेन्सी
भदौ २१, २०७७

ADVERTISEMENT

भारतमा एकैदिन ९० हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । यो भारतमा एकैदिन संक्रमित भएको अहिलेसम्मकै धेरै संख्या हो ।

भारतमा पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी एक हजार ४४ जना संक्रमितको मृत्यु भएको छ ।

यसैबीच कोरोनाकाट निकै प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ४० हजार ७४८ नयाँ संक्रमित थपिएका छन् भने ७०७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ३१ हजार १९९ जनामा संक्रमित थपिँदा ६१९ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक महिनायता भारतमा हरेक दिन अमेरिका र ब्राजिलमाभन्दा धेरै संक्रमित थपिएका छन् ।

यसअघि शुक्रबार भारतमा ८७ हजार ११५ जनामा संक्रमण पुष्टि भएको थियो भने अमेरिकामा ५२ हजार ८५३ र ब्राजिलमा ४५ हजार ६५१ जना संक्रमित थपिएका थिए ।

भारतमा कोरोना संक्रमणबाट हालसम्म ४१ लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् । ७० हजार ६७९ जना संक्रमिको मृत्यु भइसकेको छ ।

भारतमा कोरोनाबाट सबैभन्दा प्रभावित राज्य महाराष्ट्र हो । जहाँ कोरोनाबाट ८ लाख ८३ हजार ८ सयभन्दा बढी संक्रमित भएका छन् भने २६ हजार २७६ जनाको मृत्यु भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि