जेठ ०४, २०८१, शुक्रबार
               

ब्राजिलमा करिब ४१ लाख कोरोना संक्रमित

एजेन्सी
भदौ २०, २०७७

ADVERTISEMENT

ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या करिब ४१ लाख पुगेको छ । 

शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका ४० लाख ९१ हजार ८०१ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घन्टामा यहाँ ५० हजार १६३ जना संक्रमित थपिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणबाट ब्राजिलमा एक लाख २५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । शुक्रबार मात्र यहाँ ८८८ जनाको मृत्यु भएको थियो । 

कोरोना भााइरसबाट सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल (अमेरिकापछिको) दोस्रो देश हो । अमेरिकामा ६३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट दुइृ करोड ६७ लाख मानिस संक्रमित भइसकेका छन् भने ८ लाख ७९ हजारभन्दा बढीको ज्यान गएको छ ।


कस्तो लाग्यो ?

यो पनि