जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

एजेन्सी
भदौ २०, २०७७

ADVERTISEMENT

कोरोना भाइरसबाट धेरै प्रभावितहरुको मुलुकमा पर्ने भारतमा एकैदिनमा ८६ हजारभन्दा बढी संक्रमित थपिएका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ४३२ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन् । 

योसँगै भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको कुल संख्या ४० लाखभन्दा बढी पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार, देशभरी कुल ४० लाख २३ हजार १७९ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । 

त्यसैगरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६९ हजार ५६१ पुगेको छ । ती मध्ये एक हजार ८९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित भएकाहरु मध्ये ३१ लाख सात हजार २२३ जना अहिले संक्रमणमुक्त भइसकेका छन् । 

त्यसैगरी अन्य आठ लाख ८६ हजार ३९५ जना भने अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । 

भारतमा अहिलेसम्म देशभरी चार करोड ७७ लाख जनाको कोरोना परीक्षण गरिएको छ भने परीक्षणको क्रम अझै पनि जारी छ ।


कस्तो लाग्यो ?

यो पनि