जेठ ०४, २०८१, शुक्रबार
               

पाकिस्तानमा घरहरू भत्किँदा १० को मृत्यु

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएकोे उद्धारकर्मीहरूले बताएका छन् ।

उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन् ।

घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ । घाइते सबैलाई उपचारका लागि अस्पतालमा पठाइएको छ । 

दुबै घरहरू भर्खरको भारी वर्षाबाट प्रभावित भएका थिए र जीर्ण अवस्थामा रहेको उद्धारकर्मीहरूले बताएका छन् ।

अर्को एक घटनामा चकवालमा यस्तै घटनामा तीन महिला र एक बालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । 

बुधवारको शुरुमा पाकिस्तान मौसम विभागले बिहीबार र शुक्रवार पञ्जाब, उत्तरपश्चिमी खैबर पख्तूनख्वा प्रान्त र उत्तरी गिलगित–बाल्टिस्तान  क्षेत्रमा केही बढी वर्षा हुने पूर्वानुमान गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि