जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित

एजेन्सी
भदौ १८, २०७७

ADVERTISEMENT

भारतमा पछिल्लो २४ घण्टामा थप ८३ हजार ८३३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो भारतमा एकैदिन थपिएको अहिलेसम्मकै धेरै संख्या हो । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार ४०७ पुगेको छ ।

यसैगरी, भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६७ हजार ३७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा एक हजार ४३ जना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसबाट निको वा डिस्चार्ज हुनेको संख्या २९ लाख ७० हजार ४९३ पुगेको छ भने, आठ लाख १५ हजार ५३८ संक्रमित निको हुन बाँकी छन् ।

संक्रमित संख्या र मृतकको आधारमा भारत कोरोना भाइरसबाट तेस्रो सबैभन्दा प्रभावित मुलुक मानिन्छ । यो सूचीको पहिलोमा अमेरिका र दोस्रोमा ब्राजिल रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि