जेठ ०४, २०८१, शुक्रबार
               

पुणेमा कोरोना संक्रमित पत्रकारको मृत्यु

एजेन्सी
भदौ १७, २०७७

ADVERTISEMENT

भारतको पुणेमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । 

उनका परिवारले भने चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप लगाएका छन् । चिकित्सकले राम्रोसँग हेरविचार नगरेका कारण उनको मृत्यु भएको परिवारले बताएका छन् ।

पत्रकार पान्दुरन र्याकरको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोभिड उपचार केन्द्रमा राखिएका उनको स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि परिवारले एम्बुलेन्स बोलाउन आग्रह गरे पनि एम्बुलेन्स उपलब्ध नगराइएको परिवारका एक सदस्यले बताए । 

उनलाई अक्सिजनको आवश्यकता परेको तर अस्पतालमा अक्सिजन समेत प्राप्त नभएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि