जेठ ०४, २०८१, शुक्रबार
               

चीनको वुहानका सम्पूर्ण विद्यालयमा पठनपाठन सुरु

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

कोरोना सुरु भएको चीनको वुहान राज्यका सम्पूर्ण विद्यालयमा मंगलबारदेखि पढाई पुन: सञ्चालन भएको छ ।

वुहानका २ हजार ८४२ विद्यालयमा पढाइ सुरु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । वुहानका विश्वविद्यालय भने शुक्रबारदेखि नै खुलिसकेका छन् । विद्यालय खुलेसँगै वुहानका करिब १४ लाख विद्यार्थीहरूले विद्यालय जना पाएका छन्  ।

भाइरस नियन्त्रणमा आएसँगै विद्यालय खोल्न लागिएको भए पनि अधिकारीहरूले अनावश्यक भेला वा सम्मेलन नगर्न तथा आवश्यक सुरक्षाका उपाय अपनाउन निर्देशन दिइएको जनाएका छन् ।

गत अप्रिलदेखि सामान्य अवस्थामा फर्केको वुहानमा नयाँ संक्रमित देखा नपरेकाे र समान्य अवस्थामा फर्केकाले विद्यालय खुलाइएकाे अधिकारीहरूले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि