जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । सोमबार भारतमा ६८ हजार ७ सय ७० नयाँ कोरोना संक्रमितहरु थपिएका छन् भने संक्रमणबाट ८ सय १८ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या ३६ लाख ८७ हजार ९ सय ३९ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार ४ सय ३५ रहेको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या २ करोड ५६ लाख ३३ हजार १ सय ९४ पुगेको छ भने ८ लाख ५४ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि