जेठ ०४, २०८१, शुक्रबार
               

चीनमा होटल भत्किँदा २९ जनाको मृत्यु

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । 

स्थानीय अधिकारीहरूले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् । 

शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ । 

होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि