जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा एकैदिन ७९ हजार जनामा कोरोना संक्रमण

एजेन्सी
भदौ १४, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी दिएको छ । 

मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतका कुल संक्रमितहरुको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ । 

पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या ९४८ रहेको उल्लेख गरिएको छ । 

भारतमा कोरोनाका कारण संक्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । 

कूल संक्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने संक्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ । 

कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । 

महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् ।   


कस्तो लाग्यो ?

यो पनि