विश्वभर साढे दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २ करोड ५१ लाख ६२ हजार १८९ जनामा संक्रमण भएको हो ।
संक्रमितमध्ये ६९.५६ प्रतिशत अर्थात १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै एकै दिन थप ५ हजार २७९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ६४२ पुगेको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १९७ जनाको मृत्यु भएको छ । ३५ लाख ३३ हजार २१७ जना संक्रमित भएकोमा २० लाख ५८ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६९ हजार ७४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७२ लाख ७० हजार ४१८ पुगेको छ । त्यसमध्ये ४१ लाख ८० हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ३९ हजार ६३५ जनाको मृत्यु भएको छ । ६८ लाख ८९ हजार ११० जना संक्रमित भएकोमा ५४ लाख ९८ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९९ हजार ९३६ जनाको मृत्यु भएको छ । ६१ लाख ९८ हजार ४२६ जना संक्रमित भएकोमा ४७ लाख ६९ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा २९ हजार ४७२ जनाको ज्यान गएको छ भने १२ लाख ४१ हजार ९१२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७२ हजार ९०८ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ । २८ हजार ३८५ जना संक्रमित भएकोमा २२ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।