जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमणकाबीच लकडाउन खुकुलो बनाउँदै भारत

एजेन्सी
भदौ १४, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको तीव्र संक्रमणका बीच भारतले क्रमशः लकडाउन खुला गर्न थालेको छ ।

भारतको केन्द्रीय गृह मन्त्रालयले अनलक–४ को निर्देशिका जारी गर्दै सेप्टेम्बर ७ तारिखदेखि मेट्रो रेल सञ्चाल गर्ने अनुमति दिएको छ ।

स्कुल, कलेज तथा शैक्षिक संस्थाहरु भने बन्द नै रहने बताइएको छ ।

सामाजिक काम, खेल, मनोरञ्जन, सांस्कृतिक, धार्मिक, राजनीतिक कार्यक्रम (तोकिएको मापदण्डसहित) २१ सेप्टेम्बरदेखि गर्न अनुमति दिइएको छ । 

यस्ता कार्यक्रममा बढीमा एक सय जनामात्र सहभागी हुन पाउनेछन् । सहभागीले मास्क अनिवार्य लगाउनु पर्नेछ । त्यस्तै भौतिक दूरी कायम गर्नु पर्नेछ र थर्मल स्क्रिनिङ जरुरी छ ।

भारतमा सिनेमा हल, स्विमिङ पुल, थिएटर र अन्तर्राष्ट्रिय हवाई उडान भने सेप्टेम्बर ३० सम्म बन्द रहने छ ।


कस्तो लाग्यो ?

यो पनि