जेठ ०४, २०८१, शुक्रबार
               

फिलिपिन्समा गोली चल्दा कम्तीमा आठको मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

ADVERTISEMENT

फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय अधिकारीले बताएका छन् ।

एक स्थानीय अधिकारीका अनुसार कबाकन सहरमा मोटरसाइकलमा हिँडिरहेका पीडितहरू सबै पुरुष रहेका छन् । घटनाबारे अनुसन्धान सुरू गरिएको बताउँदै उनले थप जानकारी प्रारम्भिक अनुसन्धानपछि आउने बताए ।

 आक्रमणको कारण र पीडितको पहिचानका लागि प्रहरी अनुसन्धान भइरहेको ती अधिकारीले बताए । यद्यपि घटनाबारे प्रहरीले आधिकारिक जानकारी गराइसकेको छैन ।  


कस्तो लाग्यो ?

यो पनि