जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा भयावह बन्दै कोरोना, एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

एजेन्सी
भदौ १२, २०७७

ADVERTISEMENT

भारतमा पछिल्लो २४ घण्टामा ७६ हजार ८२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

भारतमा एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि बुधबार ७५ हजार सात सयभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । 

भारतमा पछिल्ला दिनहरुमा संक्रमितको संख्या बढ्दै गएको छ । भारतमाा पछिल्लो समय हरेक दिन ७० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् भने एक हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एक हजार ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि बुधबार एक हजार १६ र मंगलबार एक हजार १७ जनाको मृत्यु भएको थियो ।

भारतमा सबैभन्दा बढी संक्रमण र मृत्युदर महाराष्ट्र राज्यमा छ । जहाँ अहिलेसम्म सात लाख ३३ हजार ५६८ जना संक्रमित भइसकेका छन् भने २३ हजार ४४४ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३२ लाख ४९ हजार ७ सयभन्दा बढी पुगेको छ । भारतमा ६० हजार ४७२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि