जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा ६० हजारभन्दा बढी संक्रमितको मृत्यु

एजेन्सी
भदौ ११, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । 

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन् ।

भारत संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो । सबैभन्दा बढी प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ । मृत्यु हुनेको संख्याको आधारमा भने भारत चौथो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि