बैशाख २५, २०८१, मंगलबार
               

स्कटल्यान्डले बनायो १२ मिनेटमै कोरोनाको नतिजा दिने मेसिन

एजेन्सी
भदौ ११, २०७७

ADVERTISEMENT

स्कटल्यान्डमा कोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै रिपोर्ट हेर्न मिल्ने भएको छ । 

स्कटल्याण्डको स्वास्थ्य सेवाले लुमिराडिएक्स कम्पनीसँग परीक्षण गरेको १२ मिनेटमै नतिजा दिनेगरी सम्झौता गरेको जनाएको छ ।

यो सम्झौता गरेसँगै अब कोरोना परीक्षणको लागि विशेष किट प्रयोग गर्न सजिलो बाटो खुलेको बताएको छ । 

यसको लागि त्यहाँको सरकारले ३ सय मेसिन द्रुत गतिमा र पाँच लाख परीक्षणको लागि ६७ लाख पाउन्ड खर्च गरेको छ ।

१२ मिनेटमै परीक्षणको नतिजा दिने मेसिनलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि