मंसिर ०७, २०८१, शुक्रबार
               

एकैदिन २ लाख ४८ हजार संक्रमित थपिए, ६ हजार ५६ को मृत्यु

नेपाल फ्ल्यास
भदौ १०, २०७७

ADVERTISEMENT

काठमाडौं –विश्वभर एकैदिन २ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ ।

वर्ल्डोमिटरका अनुसार थप ६ हजार ५६ को, एकै दिन मृत्यु भएको छ । कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ४९९ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ६५ लाख ९१ हजार ३३८ जना संक्रमण मुक्त भएका छन् । विश्वका सक्रिय संक्रमितको संख्या ६६ लाख २८ हजार ८५७ छ । उनीहरु मध्ये ६१ हजार ७१९ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९७० जनाको मृत्यु भएको छ । ३४ लाख ७ हजार ३३३ जना संक्रमित भएकोमा २० लाख ३ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् ।

एसियाली मुलुकहरूमा १ लाख ३३ हजार ३०७ जनाको मृत्यु भएको छ । ६४ लाख ७५ हजार ६८९ जना संक्रमित भएकोमा ५१ लाख ६१ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ७३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ३७ हजार २२९ पुगेको छ । त्यसमध्ये ३९ लाख ८६ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९२ हजार ५८८ जनाको मृत्यु भएको छ । ५८ लाख ८६ हजार ५१४ जना संक्रमित भएकोमा ४४ लाख ८३ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ३३४ जनाको ज्यान गएको छ भने १२ लाख ७ हजार ६२३ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ३४ हजार १९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५५२ जनाको मृत्यु भएको छ । २७ हजार ५८५ जना संक्रमित भएकोमा २१ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि