जेठ ०४, २०८१, शुक्रबार
               

विश्वमा दुई करोड ३८ लाख नाघ्यो कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठन अनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमितमध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  सङ्क्रमितहरु मध्ये ६१ हजार ६९४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार ६३० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार ११४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९० हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ६० हजार ४०२ जनाको मृत्यु भएको छ । 

युरोपमा ३३ लाख ९३ हजार ३५६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ७४० को मृत्यु भएको छ । एसिया ६३ लाख ९७ हजार ५०७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३१ हजार ८०१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा १२ लाख २३३  जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५२ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि