जेठ ०४, २०८१, शुक्रबार
               

साढे चार महिनापछि एक व्यक्तिमा फेरि संक्रमण, के भन्छन् वैज्ञानिक ?

एजेन्सी
भदौ ०९, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड-१९) संक्रमणपश्चात स्वस्थ (निको) भएका हङकङका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको छ ।

३० वर्षीय एक युवामा पहिलो संक्रमण भएको साढे चार महिनापछि दोस्रो पटक संक्रमण पुष्टि भएको हो ।

ती संक्रमित १४ दिन अस्पतालमा उपचार गरेर कोरोनामुक्त भएका थिए । उनको दोस्रो पटक कोरोना परीक्षण गर्दा रिपोर्ट फेरि पोजेटिभ आएको हो । उनमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।

बीबीसीका अनुसार कोरोना पुनः संक्रमणको यो विश्वमै पहिलो प्रमाणित केस हो ।

विश्‍व स्वास्थ्य संगठनले भने एउटा केसलाई लिएर कुनै निष्कर्षमा पुग्‍न नसकिने बताएको छ ।

पुनः संक्रमण विरलै हुन सक्ने र गम्भीर नहुने वैज्ञानिकहरुले बताएका छन् । 

वैज्ञानिकहरुका अनुसारका एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित हुने घटना दुर्लभ हुन्छ ।

यो घटनाले कोरोनाविरुद्धको भ्याक्सिनको आवश्यकता भने अझै बढाएको उनीहरुको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि