जेठ ०४, २०८१, शुक्रबार
               

भारतमा थपिए अहिलेसम्मकै बढी संक्रमित, अमेरिका र ब्राजिललाई उछिन्यो

एजेन्सी
भदौ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा तीव्र रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट गएको २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् ।

शनिबार एकैदिन भारतमा ७० हजार ६८ जना संक्रमित थपिएका हुन् । जबकि, अमेरिकामा ४३ हजार ८ सय जना र ब्राजिलमा ४६ हजार २ सय जना संक्रमित थपिएका छन् ।

भारतमा एकैदिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । भारतमा यसअघि बुधबार ६९ हजार १ सय, बिहीबार ६८ हजार ६८ हजार ५ सय र शुक्रबार ६९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा पछिल्लो एक साता यता हरेक दिन ६० देखि ६५ हजारभन्दा धेरै संक्रमित थपिदै आएको छन् । महाराष्ट्र राज्यमा सबैभन्दा धेरै संक्रमित र मृतक छन् ।

जहाँ अहिलेसम्म ६ लाख ७१ हजार ९ सयभन्दा धेरै संक्रमित छन् भने २१ हजार ९ सय ९५ जनाको मृत्यु भइसकेको छ ।

यस्तै तमिलनाडुमा ३ लाख ७३ हजार ४ सय संक्रमित छन् भने ६ हजार ४ सय २० जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशमा ३ लाख ४५ हजार २ सयभन्दा धेरै संक्रमित हुँदा ३ हजार १ सय ८९ को मृत्यु भएको छ ।

भारतमा अहिलेसमम्म २९ लाख १९ हजार ९ सयभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ५५ हजार ७९४ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि