बैशाख १५, २०८१, शनिबार
               

कोरियामा फेरि महामारीको रुपमा फैलिँदै कोरोना

एजेन्सी
भदौ ०४, २०७७

ADVERTISEMENT

दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय पुनः देखा परेको छ । 

लगभग नियन्त्रणमा आइसकेको कोरोना यसपटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् । 

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ । 

कोरियोमा विशेष गरी सभा र्‍याली, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस संक्रमण फैलिएको हो । 

हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा बनाइएको छ । 

कोरियामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि