बैशाख १५, २०८१, शनिबार
               

भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित

एजेन्सी
भदौ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा एकैदिन (पछिल्लो २४ घण्टामा) ६९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि साउन २८ गते एकै दिनमा ६७ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक भारतमा हरेक ६० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा १३ हजार १ सय ६५ जनामा सक्रमण पुष्टि भएको छ । आन्ध्रप्रदेशमा ९ हजार ७ सय ४२, कर्णटकमा ८ हजार ६ सय ४२, तमिलनाडुमा ५ हजार ७ सय ९५, उत्तरप्रदेशमा ५ हजार ७६ जनामा संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा ९ सय ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ हजार ८ सय ८९ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढि मृत्यु महाराष्ट्रमा भएको छ । जहाँ अहिलेसम्म २१ हजार ३३ जनाले ज्यान गुमाएका छन् । यस्तै तमिलनाडुमा ६ हजार १ सय २३, कर्णाटकमा ४ हजार ३ सय २७, दिल्लीमा ४ हजार २ सय ३५ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट २७ लाख १४ हजारभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि